माधव नेपालको गृहनगरमा समाजवादी दुबै पदमा विजयी
बुधबार, ०४ जेठ २०७९, १५ : ५६

माधव कुमार नेपालको गृहनगर रौतहटको सदरमुकाम गौरको मेयर र उपमेयर उनकै पार्टी नेकपा एकीकृत समाजवादीले जितेको छ । निर्वाचन आयोगका अनुसार शम्भु साह मेयरमा विजयी भएका छन्। पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।
साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै शैलकुमारी साहल ४८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनले काँग्रेसका उम्मेदवारलाई पराजित गरेकी हुन् । ९ वटा वडा रहेको गौर नगरपालिकामा ६ वटा वडामा समाजवादीका अध्यक्ष विजयी भएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म