अपडेटः रिमोट कन्ट्रोलबाट बम विष्फोट, गगन थापा सामान्य घाइते

काठमाडौं–बुढानीलकण्ठ स्थित चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई सामान्य चोट लागेको बताइएको छ ।
घरदैलो कार्यक्रममा रहेको समयमा साेमबार बिहान ११ः ३० मा विस्फोट भएको बताइएको छ । थापालाई ढाड र टाउकाेमा सामान्य चोट लागेको सहयोगी सबिन मुडभरीले रातोपाटीलाई जानकारी गराए ।
थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । थापाको चुनावी प्रचारमा रहेका नौं जना घाइते भएका छन् ।
घाइतेहरूमा थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका हुन्। त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ।
रिमोट कन्ट्रोलबाट बम बिस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी आयुक्त जय बहादुर चन्दले जानकारी गराए ।
घरदैलो सकेर चुनावी कोण सभा गर्ने क्रममा माधव कोलनीमा बम बिस्फोट भएको थियो ।
चुनावी प्रचारको अन्तिम दिन थापाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिफलमा र काठमाडौं क्षेत्र नम्बर ३ र ६ मा मतदातालाई सम्वोधन गर्ने कार्यक्रम थियो । बम बिस्फोट कसले गराएको बारे खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय