बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमालेसहित तीन दल मिल्दा पनि आठबीसकोटमा माओवादी विजयी

बुधबार, ०४ जेठ २०७९, १५ : ०९
बुधबार, ०४ जेठ २०७९

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एमाले, एकीकृत समाजवादी र काँग्रेसको तीन दलीय गठबन्धनलाई पराजित गरेर नेकपा माओवादी केन्द्रका रवि केसीले प्रमुखमा जितेका छन् । उनले नेपाली काँग्रेसका धीरेन्द्र कुमार बटालालाई ८४ मतान्तरले पराजित गरेका हुन् । केसीले उनले ७ हजार ३९९ मत ल्याएर प्रमुखमा निर्वाचित हुँदा बटालाले ६ हजार ६१५ मत प्राप्त गरे । 

यहाँ एमालेका कृष्णाकुमारी मल्लले १९९ मत पाएकी छन् । यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । माओवादी केन्द्रकी धनकुमारी शाहीले ७ हजार २६५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाए । १४ वटा वडा तह रहेको यो पालिकामा १० वटा वडामा माओवादीले जितेको छ भने तीन वटामा चार दलीय गठबन्धनले जितेको छ।

०७४ मा यो पालिकामा माओवादी केन्द्रका गोर्खबहादुर केसीले ५ हजार ४८९ मत ल्याएर निर्वाचित बनेका थिए  भने उपप्रमुखका माओवादी केन्द्रकै गीता नेपालीले ५ हजार ६१८ मत ल्याएर निर्वाचित बनेकी थिइन् । १४ वटा वडा रहेको यहाँ एमालेले १, काँग्रेसले २ र माओवादीले ११ वटा वडामा आफ्नो वर्चश्व जमाएको थियो।  सोही वर्चश्व यो पटक पनि माओवादीले कायम राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप