पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं – खनाल
बुधबार, ०४ जेठ २०७९, १४ : ३७
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गरेका छन् । उनले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताएका हुन् ।
‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उनले भने, ‘त्यसलाई हामीले अहिले विघटन र निजीकरण गर्दै गयौं ।’ जसकारण, अहिले देशमा कृषि अनुसन्धान केन्द्र नै नभएकाले उत्पादित वस्तुको गुणस्तर परिक्षण गर्नै नसकिएको जिकिर गरे ।
कृषि क्रान्तिलाई अघि बढाउनका लागि सरकारले मूख्य–मूख्य उत्पादनको समर्थन मूल्य तोकिनुपर्ने खनालले बताए । आगामी आर्थिक वर्षको बजेटबाट अधिकांश कृषि वस्तुको समर्थन मूल्य तोक्न सरकारसँग माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी