सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विजय जुलुसमा मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते

बुधबार, ०४ जेठ २०७९, १४ : २६
बुधबार, ०४ जेठ २०७९

रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटना भएको हो ।  

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर  रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख रविन्द्र रेग्मीले  रातोपाटीलाई बताए । सिद्धार्थनगर-१० बाट एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप