शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हरिबोल गजुरेल भने - बजेटमा भूमिसुधारको मुद्दा खोइ ?

बुधबार, ०४ जेठ २०७९, १४ : १३
बुधबार, ०४ जेठ २०७९

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकताको मुद्दामा नै प्रश्न उठाएका छन् ।

बुधबार संघीय संसदको दुबै सदनमा जारी छलफलमा प्रश्न गर्दै गजुरेलले भने, ‘भूमिसुधारको मुद्दा खोइ ? बजेटको सिद्धान्त तथा प्राथमिकतामा यो कुरा किन आउन सकेन ? कृषि क्षेत्रलाई प्राथमिकता त दिने भनियो तर भूमिसुधार विना यो कसरी संभव छ ?’ उनले भने, ‘हामीले ल्याउन खोजेको बजेटको मोडालिटी कस्तो ? विदेशी खालको हो की हाम्रो आफ्नै माटो सुहाउने, जनअपेक्षा र आवश्यकता पुरा गर्ने खालका ?’ उनले जिज्ञासा राखे ।

यसै अवसरमा गजुरेलले संविधानले भनेजस्तो समाजवादउन्मुख अर्थतन्त्रको मोडालिटीमा बजेट केन्द्रित छ कि छैन ? केन्द्रको सिंहदरबार गाउँगाउँमा पुग्यो कि पुगेन सो हेर्नुपर्ने उनले बताए । सोही अवसरमा गजुरेलले बजेटको सन्दर्भमा राजनीतिक पार्टीहरूबीच छलफल नै नभएको तर्फ असन्तुष्टि व्यक्त गर्दै सरकार बजेटमा गम्भिर नै नभएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप