शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

विनियोजन विधेयकमाथि एमालेको प्रश्न–मूल्यवृद्धि नियन्त्रण गर्दै आयात घटाउने योजना खै ?

बुधबार, ०४ जेठ २०७९, १३ : ४४
बुधबार, ०४ जेठ २०७९

एमाले नेता योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेटमाथि कमजोरी औल्याएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि टिप्पणी गर्दै आगामी वर्षको बजेट कमजोरी नै कमजोरीले भरिने बताएका हुन् ।

उनले सरकारले चालू आर्थिक वर्षको १० महिनासम्ममा पूँजीगत खर्च गर्न नसकेको समेत बताए । ‘१० महिनामा ३० प्रतिशतभन्दा धेरै पूँजीगत खर्च हुन सकेको छैन,’ भट्टराईले भने, ‘अबको २ महिनामा कसरी लक्ष्य भेट्नुहुन्छ ?’ उनले वर्तमान सरकारको इच्छाशक्ति र क्षमता नहुँदा पूँजीगत खर्च बढ्न नसकेको समेत आरोप लगाए ।

यसैगरी, विनियोजन विधेयकमा डरलाग्दोरूपमा बढिरहेको व्यापारघाटा नियन्त्रण गर्न कुनै पनि योजना नरहेको र घटिरहेको वैदेशिक मुद्राको सञ्चिती जोगाउने ठोस योजना नभएको उनको भनाइ छ । ‘मूल्यवृद्धि अत्याधिक ढंगले बढिरहेको छ । भोलीका दिनमा असफल राष्ट्र बनिरहेका त छैनौं ?’, उनले प्रश्न गर्दै भने, ‘यसको जवाफ अर्थमन्त्रीले दिन सक्नुभएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप