बजेटको सिद्धान्त र प्राथमिकतामा प्राण छैन–भट्टराई
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा प्राण नरहेको टिप्पणी गरेका छन् । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेस गरेको विनियोजन विधेयकमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
‘दुनियाँमा राजनीतिकदलहरूका आफ्ना–आफ्ना दलका सिद्धान्त, विचार र आधार छन्,’ उनले भने, ‘त्यस आधारमा राजनीतिक दल सञ्चालन हुन्छन् ।’ तर, अर्थमन्त्री शर्माले संसदमा पेस गरेको बजेटको प्राथमिकता र सिद्धान्तमा कुनै पनि सिद्धान्त मेल नखाने भट्टराई बताउँछन् ।
उनले संसदमा बोल्दै भने, ‘आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेट कुन सिद्धान्तमा आधारित हो ? यो प्रधानमन्त्री शेरबहादुर देउवाको सिद्धान्त हो वा अर्थमन्त्री शर्माको पार्टीको सिद्धान्त हो ?’ उनले पेस भएको विनियोजन विधेयकले अर्थमन्त्री शर्माले आफ्नो सिद्धान्त र इतिहास भुलेकाले समाजवाद उन्मुख बजेट नआउने देखिएको जनाए ।
आगामी बजेटको विनियोजन विधेयकमा सार्वजनिक सेवालाई सरलीकरण गरिने भनेपनि त्यसअनुसारको योजना नबनेको भट्टराईले बताए । अघिल्लो सरकारले देशभर ३९६ वटा अस्पताल निर्माण गर्न छुट्याएको बजेट समेत कटाउँदै त्यसबारे कुनै बजेट नछुट्याइँदा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा चुक्ने देखिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु