आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

बुधबार, ०४ जेठ २०७९, १३ : ३८
बुधबार, ०४ जेठ २०७९

७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोगले बुधबार दिउँसो गरेको अपडेटमा छ । 

४३३ स्थानीय तहमध्ये हालसम्म काँग्रेसले १९८, नेकपा एमालेले १२०,माओवादी केन्द्रले ८७, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र स्वतन्त्र गरी ३० रहेका छन् । वैशाख ३० मा निर्वाचन भएका कतिपय स्थानमा मतगणना भर्खर मात्र सुरु भएको छ भने कतिपयमा वैशाख ३० पछि पनि निर्वाचन भएको छ । जसले गर्दा पनि नतिजा आउन ढिलाइ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप