शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरले शल्यक्रियापछि पुनः पेटमा राखिदिए बच्चा, २ महिनापछि फेरि जन्मिँदै

बुधबार, ०४ जेठ २०७९, १३ : १०
बुधबार, ०४ जेठ २०७९

संसारमा बच्चालाई स्वागत गर्नु सधैं एक अविस्मरणीय अनुभव हो । विशेषगरी एक नयाँ आमाले आफ्नो सन्तानको आगमनलाई विशेष गरी याद हुन्छ ।

फेसन, सौन्दर्य र जीवनशैली भ्लगर जैडेन एशलियाले १९ हप्तामा उनको नजन्मेको छोरालाई स्पाइना बिफिडा भएको थाहा पाएकी थिइन् । सुरुमा, उनी र उनका प्रेमीलाई ‘कुनै आशा छैन’ भनिएको थियो र उनीहरूको बच्चाको ‘ब्रेन डेड’ हुनेछ भनेर जानकारी दिइएको थियो ।

यद्यपि, अन्य डाक्टरहरूको सल्लाहपश्चात्, दम्पत्तिले ओर्लान्डोमा रहेको ओपन फोटल सर्जरीमा विशेषज्ञता हासिल गर्ने मेडिकल टोली भेट्टाए । ओपन फोटल सर्जरीमा बच्चाको जन्मनु अघि नै शल्यक्रिया हुनेगर्छ ।

यी डाक्टरहरूले जैडेनको बच्चाको ढाडको न्यूरल–ट्युब डिफेक्टको शल्यक्रिया गर्नका लागि डाक्टर सफल भए । शल्यक्रिया सफल भएपछि डाक्टरले ती बच्चालाई पुनः ११ हप्ताका लागि महिलाको पेटमा नै राखिदिए ।

फ्लोरिडाका जेडेन अहिले अस्पतालमा निको हुने क्रममा छिन् । उनले शल्यक्रिया सफल भएकोमा आफू धन्य भएको पनि बताएकी छिन् । उनले यसबारे टिकटकका आफ्ना १५ हजार एक सय फलोअर्सलाई आफ्नो यो असाधारण अनुभवबारे जानकारी दिएकी छिन् ।

२३ वर्षीया उनले अस्पतालको ओछ्यानमा सुतिरहेको आफ्नो फुटेज साझा गर्दै लेखिन्, ‘मेरो बच्चालाई पुनः पेटमै राख्नका लागि जन्माएँ । उसले अब ११ हप्तापछि पुनः जन्म लिनेछ ।’

अर्को क्लिपमा उनले भनेकी छिन्, ‘उहाँहरुले मेरो सी–सेक्सन (शल्यक्रिया) गर्नुभयो । बच्चाको ढाडमा भएको समस्यालाई निको पार्नका लागि आफूले सक्ने जति प्रयास गर्नुभयो । मेरो पेट पुनः सिलाउनुभयो र त्यसपछि म पुनः केही समयका लागि गर्भवती भएँ ।’

‘तर उहाँहरुले मलाई निकै नजिकबाट निगरानी गर्नुभयो, त्यसैले म अबको दुई हप्तासम्म रोनाल्ड म्याकडोनल्ड हाउसस्थित ओरलान्डोमा रहनेछु । म पछिल्लो एक सातादेखि अस्पतालमा नै छु ।’

एमनियोटिक फ्लुडबिना बच्चा कसरी बाँच्छ भन्ने एक प्रयोगकर्ताको जिज्ञासामा उनले जवाफ दिइन्, ‘चिकित्सकहरुले यसलाई सलाइनमार्फत् पुनः भरेका छन् ।’

मिरर डट कम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप