ढिलै भए पनि एमालेले विवेकले काम गर्यो : नारायणकाजी श्रेष्ठ
बुधबार, ०४ जेठ २०७९, १३ : ०७

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन् । एमालेले मंगलबार संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पथ्र्यो,’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘ढिलै भएपनि विवेकले काम गर्यो । राम्रो गर्यो ।’
एमालेले यसरी नै आत्मसमीक्षा गरे वाम आन्दोलनको हितमा हुने समेत उनले बताएका छन् । ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध