बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

चौरजहारीमा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादी विजयी

बुधबार, ०४ जेठ २०७९, १३ : ०२
बुधबार, ०४ जेठ २०७९

रुकुम पश्चिमको  चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेस –एमालेको गठबन्धनलाई तोड्दै  माओवादीका पुष्प वादी प्रमुखमा जितेका हुन् ।

यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । ०७४ मा माओवादी केन्द्रका बिशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित भएका थिए ।  

उपप्रमुखमा निर्वाचित शर्माले ७ हजार २ मत पाएर विजयी भएकी  हुन् । एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाए ।  नगरपालिकाका १४ वटा वडाहरुमध्ये १२ वटा माओवादी र दुई वटा काँग्रेसले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप