आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सल्यानको १० मध्ये ९ पालिकाको नतिजा सार्वजनिक, कहाँ को विजयी ?

बुधबार, ०४ जेठ २०७९, १२ : ५२
बुधबार, ०४ जेठ २०७९

सल्यानका १० पालिकामध्ये ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार बागचौर नगरपालिकाको भने नतिजा सार्वजनिक हुन बाँकी रहेको छ । नतिजाअनुसार शारदा नगरपालिकामा काँग्रेसका प्रकाश भण्डारी ६२१७ मतका साथ विजयी भएका छन् । यस्तै उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार ५३८० मतका साथ विजयी भएकी छन् ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका मा माओवादीका कर्ण बहादुर बुढाथोकी ७४६६ मतका साथ विजयी हुँदा उपमेयरमा काँग्रेसका पुरुषोत्तम आचार्य ५४३५ मतका साथ विजयी भएका छन् ।

यस्तै , कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीकी दुर्गा पुन ३१६० मतका साथ विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मतका साथ विजयी भएका छन् । यस्तै सिद्ध कुमाख गाउँपालिकामा काँग्रेसका भरत गिरी २१७१ मतका साथ विजयी हुँदा उपाध्यक्षमा माओवादीका राम बहादुर बस्नेत २०३५ मतका साथ विजयी भए ।

यस्तै त्रिवेणी गाउँपालिकामा काँग्रेस खिम बहादुर रावत ३३६९ मतका साथ विजयी हुँदा उपाध्यक्षमा काँङ्ग्रेसकी सीता खड्का पुन ३१८६ मतका साथ तथा कुमाख गाउँपालिकामा काँग्रेसका मान बहादुर बुढाथोकी विजयी हुँदा उपाध्यक्षमा एमाले लाल बहादुर रावत ४१४३ मतका साथ विजयी भए । 

यसैगरी कालिमाटी गाउँपालिकामा एमालेका दान बहादुर खत्री ३०६२ मतका साथ विजयी हुँदा उपाध्यक्षमा एमालेका सहनशीलता वली डिसी २९६७ मतका साथ विजयी भइन् । यसैगरी दार्मा गाउँपालिकामा माओवादी केन्द्र निम बहादुर केसी ४४६४ मतका साथ विजयी हुँदा उपाध्यक्षमा माओवादीकी जुना मल्ल ४४६६ मतका साथ विजयी भइन् । यसैगरी छत्रेश्वरी गाउँपालिकामा एमालेका ओज बहादुर बुढाथोकी ३८९२ मतका साथ विजयी हुँदा उपाध्यक्षमा पनि एमाले बुद्धा केसी ३३८२ मतका साथ विजयी भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप