ad
x

गोदावरीको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

person explore access_timeजेठ ४, २०७९ chat_bubble_outline0

कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र भट्ट निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन ।


काँग्रेसका उम्मेदवार विरेन्द्रले १५ हजार पाँच सय नौ मत प्राप्त गरेका छन भने प्रतिष्पर्धि गोकर्णले ११ हजार दुई सय २४ मत प्राप्त गरेका हुन । यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार शारदा देवी रोकाया निर्वाचित भएकी छन् । उनले १० हजार छ सय ७० मत प्राप्त गरेकी थिइन् ।



नगरपालिकाको उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा एकीकृत समाजवादीलाई उम्मेदवार बनाएको थियो । सो नगरपालिकामा सत्ता गठबन्धनकातर्फकी उपप्रमुखकी उम्मेदवार रतना कडायतले नौ हजार नौ सय ८३ मत प्राप्त गरेकी छन् । उनी निवर्तमान उपप्रमुख हुन ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।