रिभर फल्सको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?
बुधबार, ०४ जेठ २०७९, १२ : २७
रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले वैशाख २८ गतेदेखि २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) आज बन्द हुँदैछ । मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।
यद्यपि, इच्छुक लगानीकर्ताले आज बेलुका ४ः३० बजेसम्म न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्मका लागि जारी गरेको कुल २७ लाख ३० हजार कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती