धनकुटामा गठबन्धन असफल, काँग्रेस सफल

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७ वटै पालिका जितेर धनकुटामा इतिहास रचेको एमाले त्यो सफलतालाई दोहोर्याउन सकेन । ६ वटा पालिकाको मतगणना सम्पन्न भइसक्दा धनकुटामा काँग्रेसले बहुमत पालिका अर्थात् ४ वटामा जितेको छ भने एमालेले २ पालिकामा जितेको छ । उसले ५ वटै पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा भने जित निकालेको छ । १ पालिकाको उपप्रमुखमा अग्रता हासिल गरेको छ । माओवादी केन्द्रले एउटा पालिकाको उपाध्यक्ष पदमा भने जित निकालेको छ ।
हालसम्म काँग्रेसले जितेका पालिकाहरुमा साँगुरीगढी गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र छथरजोरपाटी गाउँपालिका रहेका छन् । एमालेले भने धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा जितेको छ । एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले सहिदभूमि गाउँपालिकाको मत गणनामा अग्रता लिएको छ । उक्त पालिकामा पनि एमालेको उपाध्यक्षमा अग्रता छ ।
धनकुटामा गठबन्धन असफल, काँग्रेस सफल
धनकुटामा काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धन गरेका थिए । उक्त गठबन्धन अनुसार माओवादीले १ पालिकाको उपाध्यक्ष जितेको छ ।
चौबिसे गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीले अध्यक्षमा उम्मेदवारी दिएको थियो । तर, उक्त पालिकामा एमालेले जितेको छ । चौबिसेमा उपाध्यक्षमा उम्मेदवारी दिएको गठबन्धन दल जनता समाजवादी पार्टीका उम्मेदवार पनि पराजित भएका छन् ।
छथर जोरपाटी गाउँपालिकामा भने गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादीले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको थियो । यस्तै धनकुटा नगरपालिकामा पनि गठबन्धन सफल हुन सकेन । त्यहाँ गठबन्धनलाई एमालेले प्रमुख तथा उपप्रमुख दुवै पदमा पराजित गरेको छ ।
यस्तै पाख्रीबास नगरपालिकामा प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार विजयी हुँदा गठबन्धनकै माओवादी केन्द्रको उपप्रमुखको उम्मेदवार भने पराजित भएको छ । महालक्ष्मी नगरपालिकामा पनि प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार विजयी हुँदा गठबन्धनकै माओवादी केन्द्रको उपप्रमुखको उम्मेदवार भने पराजित भएको छ ।
यता साँगुरीगढी गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी हुँदा गठबन्धन दल जसपाकाका उपाध्यक्षका उम्मेदवार भने पराजित भएका छन् । सहिदभूमि गाउँपालिकामा मतगणना भइरहेको छ । प्रारम्भीक मतगणनामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार अगाडि भएपनि गठबन्धन दल कांग्रेसबाट बनेका उपाध्यक्षको उम्मेदवार भने एमाले भन्दा निक्कै पछाडि परेका छन् ।
चौविसे गाउँपालिका
अध्यक्ष
राज कुमार लिम्वु
दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उपाध्यक्ष
टंक माया पाङमी
दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
छथर जोरपाटी गाउँपालिका
अध्यक्ष
छत्र बहादुर सुव्‍वा
दल: नेपाली काँग्रेस
उपाध्यक्ष
गीता गुरुङग
दल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
धनकुटा नगरपालिका
अध्यक्ष
चिन्तन तामाङ्ग
दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उपाध्यक्ष
भीमा देवी खनाल
दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
पाख्रिवास नगरपालिका
अध्यक्ष
ज्ञान बहादुर गुरुङ्ग
दल: नेपाली काँग्रेस
उपाध्यक्ष
नम्रता गौतम
दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सागुरीगढी गाउँपालिका
अध्यक्ष
जितेन्द्र राई
दल: नेपाली काँग्रेस
उपाध्यक्ष
मुना राई
दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
महालक्ष्मी नगरपालिका
अध्यक्ष
ध्रुवराज राया
दल: नेपाली काँग्रेस
उपाध्यक्ष
मञ्जु कुमारी कार्की ( अधिकारी )
दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित