बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ को वडा सदस्यमा श्रीमान्–श्रीमती विजयी

बुधबार, ०४ जेठ २०७९, ११ : ५४
बुधबार, ०४ जेठ २०७९


स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् – श्रीमती विजयी भएका छन् । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन्।

सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्। 

पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारिक कटुता नभएको उनीहरूले बताए । दुवै जनाले जनताको सेवक बनेर कार्य गर्ने बताएका छन्। दुबै जना दोधारा चाँदनीमा सामाजिक अभियन्ताका रुपमा समेत परिचित रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप