वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ६ हजार मतले अगाडि
बुधबार, ०४ जेठ २०७९, ११ : ४१
![वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ६ हजार मतले अगाडि](https://rpcdn.ratopati.com/media/albums/rajeshman-sing-birgunj_oci6Xo8ShK.jpg)
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिष्पर्धा नेकपा एमालेका बिजय सरावगीले ५ हजार १११ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ५ हजार ८८३ मतले अगाडि छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ४२२ मत ल्याएका छन् ।
त्यसैगरी महानगर उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले ७ हजार ६२६ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले १ हजार २७५ मत प्राप्त गरेका छन् । महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ८८४ र राप्रपाकी उम्मेदवार बिना जयसवालले ६९० मत ल्याएकी छन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म १,२,३,४,५,२९,३०,३१ र ३२ गरी ९ वटा वडाको मतगणना भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश
-
टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत
-
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
-
अबको केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको मिति तोक्ने प्रचण्डको घोषणा
-
बागमतीमा बजेट प्रणाली निर्माणमा अर्थमन्त्री र मुख्यमन्त्रीबिच मतभेद
-
केही राजदूतको सिफारिस पुनर्विचार गर्ने मनस्थितिमा सरकार