आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन सकिएको ५ दिन बित्यो, २ जिल्लाको अझै नतिजा आएन

बुधबार, ०४ जेठ २०७९, ११ : ३१
बुधबार, ०४ जेठ २०७९

स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र सुनसरी जिल्लाको हालसम्म नतिजा आउन नसकेको हो । 

कपिलवस्तुमा १० पालिका रहेको छ भने सुनसरीमा १२ पालिका रहेका छन् । जसमा दुई उपमहानगरपालिका समेत समावेश छ । हालसम्म देशभरका ४१० पालिकाको नतिजा आइसक्दा यी दुई जिल्लाका पालिकामा भने खाता खुल्न नसकेको हो । 
निर्वाचन आयोगले जेठ ५ गतेभित्र     सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक गर्नेगरी योजना बनाएपनि गणनामा भएको सुस्तताले एक साता लम्बिने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप