शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ?

बुधबार, ०४ जेठ २०७९, १० : ०९
बुधबार, ०४ जेठ २०७९

शनिबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार बुधबार बिहान १० बजेसम्म ४१० स्थानको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ ।

काँग्रेसले प्रमुख ५२ र अध्यक्ष पदमा १३९ पालिका जितेको छ । अझै पनि काँग्रेसले ६३ स्थानमा प्रमुख र ४३ स्थानमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले प्रमुख पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल गर्दा ४ प्रमुख र ३२ अध्यक्ष पदमा अग्रता हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७० अध्यक्ष पदमा विजय हासिल गर्दा अझै पनि १४ प्रमुख र १८ अध्यक्ष पदमा अग्रता लिएको छ ।   

यस्तै एकीकृत समाजवादीले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिकामा जित हासिल गरेको छ । समाजवादीले ५ स्थानमा प्रमुख पदमा अग्रता कायम गर्दा अध्यक्ष पदमा १४ स्थानमा अग्रता बनाएको छ । यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी ५ उम्मेदवारले पालिका प्रमुख जित्दा ११ उम्मेदवारले ११ अध्यक्ष पद जितेको छ । यस्तै २७ स्थानमा अग्रता हासिल गर्दा १४ स्थानमा अध्यक्ष पद जितेको छ । यस्तै १४ पालिकामा अग्रता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप