मुख्यमन्त्री भट्टको गृहपालिकामा काँग्रेस विजयी
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोकेन्द्रबहादुर शाही विजयी भएका छन्।
उनी ४२६२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३६२ मत मात्रै प्राप्त गरे। उपाध्यक्षमा पनि काँग्रेसकै मिनादेवी विष्ट विजयी भएकी छिन्। उनी ४०७२ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन्।
केआईसिंह एकीकृत समाजवादीकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीको गृहपालिका पनि हो। केआईसिंहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो। गाउँपालिकाका सात ओटा वडाहरूमध्ये चार वडामा काँग्रेस, एक/एक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’