बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिका : मनोज साहको अग्रता कायमै

बुधबार, ०४ जेठ २०७९, ०९ : ३५
बुधबार, ०४ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा काँग्रेस बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् । जनकपुरधामको १,२,३,४,५,६ र २५ वडाको मतगणना पश्चात् मनोज ३९५६ मत ल्याइ अग्रस्थानमा छन् । उनलाई एमालेका शिवशङ्कर साह हिराले २०८६ मत ल्याइ पछ्याई रहेका छन् । मनोज र हिराबीचको मतान्तर १८७० मतको छ । 

त्यस्तै लोसपाका मनोज चौधरी ११२६, स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ८७६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप