
स्याङ्जाको अर्जुनचौपारीमा काँग्रेस विजयी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी भएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए ।
तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए । त्यस्तै उपप्रमुखमा काँग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गरेकी हुन् । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गरिन् ।
६ वटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नं वडामा काँग्रेस, वडा नं ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए । कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५.८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ