
देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले निर्वाचित

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।
१२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका न्यौपानेका प्रतिस्पर्धी नेपाली काँग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मतमात्रै प्राप्त गरे । अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा काँग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए । त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित भए ।
तिवारीले १२ हजार ७४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सत्यनारायण भुसालले आठ हजार २२८ मत प्राप्त गरे । अहिले नगर उपप्रमुखमा निर्वाचित तिवारी यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा समेत नगर उपप्रमुखममा निर्वाचित भएका थिए । १७ वटा वडा रहेको देवचुली नगरपालिकामा ११ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने छवटा वडामा काँग्रेसले वडाध्यक्ष जितेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ