
ललितपुरको बागमतीमा काँग्रेसका लोप्चन विजयी

ललितपुरको बागमतीगाउँ पालिकामा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन विजयी भएका छन् । निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली काँग्रेसका नेतासमेत रहेका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले २ हजार ४३ मत ल्याए । उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मगरले ४ हजार ६ सय ९२ ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् ।
बागमतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्यौपाने घिमिरेले ३७ मत ल्याइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ