शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको दुल्लु नगरपालिकामा काँग्रेसका भरत रिजाल विजयी

बुधबार, ०४ जेठ २०७९, ०८ : २२
बुधबार, ०४ जेठ २०७९

दैलेखको दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका भरत रिजाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका रुद्र शाहीलाई १३३ मतान्तरले पराजित गरेका हुन् । रिजालले ७ हजार ७२५ मत ल्याएका छन् भने शाहीले ७ हजार ५९२ मत पाए । 

उपप्रमुखमा भने नेकपा एमालेले जितेको छ । एमालेकी बीना कार्कीले ७३ मतान्तरले नेकपा माओवादीका टेकबहादुर खड्कालाई ३७ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ७ हजार १६० मत ल्याउँदा खड्काले ७ हजार ८७ मत प्राप्त गरे । यहाँ नेपाली काँग्रेस र माओवादीबीच गठबन्धन थियो । 

१३ वटा वडा रहेको यो नगरपालिकामा एमालेले ६ वटा वडामा जितेको छ भने चार वटा वडामा माओवादीले जितेको छ । यस्तै काँग्रेसले तीन वटा वडामा जित हासिल गरेको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा​ पनि यो पालिकामा काँग्रेसका घनश्याम भण्डारीले ६ हजार तीन सय ४९ मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा एमालेकी विष्णु थापाले ६ हजार ४७८ मत ल्याएर निर्वाचित भएकी थिइन् । यो दैलेख क्षेत्र नं.२ को सबैभन्दा ठुलो स्थानीय तह हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप