शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुराको त्रिवेणीमा काँग्रेसका थापा विजयी

बुधबार, ०४ जेठ २०७९, ०८ : ११
बुधबार, ०४ जेठ २०७९

बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा विजयी भएका छन् । उनले चार हजार ७६१ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मोतिसिंह बुढाले तीन हजार ५ ८६ मत पाए।

उपमेयरमा पनि काँग्रेसकै कमला कुमारी जैशी (न्यौपाने) विजयी भएकी छन् । उनले चार हजार ७४१ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी  केन्द्रका मनराजे बुढाले तीन हजार चार मत पाए ।

त्रिवेणीमा ०७४ स्थानीय तह चुनाव पनि काँग्रेसले जितेको थियो । त्यसअघि ०४९ र ०५४ का स्थानीय निकायका चुनावमा पनि हालका त्रिवेणीका तीनै गाविस तोली, छतारा र कैलाशमाण्डौ काँग्रेसले नै जित्ने गरेको थियो ।

बाजुराका नौ मध्ये पाँच तहको नतिजा सार्वजनिक भएको छ जसमध्ये एमालेले तीन पालिका प्रमुख र काँग्रेसले दुई पालिका प्रमुख जितेको छ । उपप्रमुखमा भने काँग्रेसले तीन र एमालेले दुई जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप