दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप
सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै माओवादीले दार्मामा क्लिनस्वीप गरेको हो । अध्यक्षमा माओवादीका निम बहादुर केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे ।
रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन । उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित भएकी छन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएकी छन् । मल्लले १ हजार ४ सय ५२ मतले चन्दलाई पराजित गरेकी हुन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा नं १ जितेको थियो । तर, यस पटक माओवादीले दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह