
लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्कियाे

१-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ । मंगलबार राति साउथह्याम्पटनको मैदानमा जितसँगै लिगको अन्तिम खेलले मात्रै उपाधि जित्ने टोलीको टुंगो लाग्नेछ । अन्तिम दिन लिभरपुलले उल्भ्स तथा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ ।
साउथह्याम्पटनको मैदानमा लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गरे । घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना गरे ।
जितपछि लिभरपुलको ३७ खेलबाट ८९ अंक साथ दोस्रो स्थानमा छ । पराजित साउथह्याम्पटन समान खेलबाट ४० अंकसहित १५औँ स्थानमा छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ