
रुपन्देहीको सुद्धोधन गाउँपालिकामा काँग्रेसका बस्याल निर्वाचित

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । नेपाली काँग्रेसका विष्णु प्रसाद बस्याल ७ हजार ९८३ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरी १ हजार ७१३ मतको अन्तरले पराजित भए । २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका चौधरीले ६ हजार २७० मत पाए ।
गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।
पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सुद्धोधन गाउँपालिकामा २७ हजार ५ सय ७८ मतदाता रहेकोमा २१ हजार ९ सय ६१ जनाले मताधिकार प्रयोग गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ