ad
x

रुपन्देहीको कञ्चनमा काँग्रेसका ढकाल र माओवादी केन्द्रका थापा निर्वाचित

person explore access_timeजेठ ४, २०७९ chat_bubble_outline0

रुपन्देहीको कञ्चन गाउँपालिकाको मतदानको अन्तिम परिणाम आएको छ ।  कञ्चन गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित भएका छन । ढकाल ९ हजार ८५ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


 त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएकी छन । थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छिन् ।​ कञ्चन गाउँपालिकामा २८ हजार ९ सय ७८ मतदाता रहेकोमा २० हजार २ सय ४२ जनाले मताधिकार प्रयोग  गरेका थिए ।




 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।