बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुर महानगर अपडेटः २२२५३ मत गन्दा चिरीबाबुलाई ५० प्रतिशतभन्दा बढी मत

बुधबार, ०४ जेठ २०७९, ०७ : ५४
बुधबार, ०४ जेठ २०७९

ललितपुर महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । उनले हालसम्म गणना भएका मतपत्रमध्ये ५० प्रतिशत भन्दा बढी मत माएका छन् । 

बुधबार बिहान प्राप्त मतपरिणामअनुसार कुल २२२५३ मत गणना हुँदा महर्जन एक्लैले १२२७६ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने मात्र ५६३४ मत पाएका छन् । ललितपुरमा बदर मतको संख्या पनि उल्लेख रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका ेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप