बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरको मनहरीमा विवाद, मतगणना अन्तिमतिर पुगेपछि स्थगित

बुधबार, ०४ जेठ २०७९, ०७ : ४४
बुधबार, ०४ जेठ २०७९

मकवानपुरको मनहरी गाउँपालिकामा जारी मतगणना स्थगित भएको छ।  गणनाका क्रममा विवाद उत्पन्न भएपछि कार्य अर्को सूचना नभएसम्मका लागि गणना स्थगित गरिएको हो । गाउँपालिकाको वडा नम्बर ९ को मतपेटिकालाई कपडाले नबेरेको बिषयलाई लिएर विवाद उत्पन्न भएको थियो । त्यसपछि निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सूचना जारी नभएसम्मका लागि गणना कार्य स्थगित भएको जानकारी दिएको हो ।
मतपेटि कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकालेपछि मतगणना कार्यलाई रोकिएको मनहरीका  निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए । ​मनहरीमा १ देखि ८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको र वडा नम्बर ९ को मात्रै मतगणना बाँकी  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप