तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता
बुधबार, ०४ जेठ २०७९, ०७ : ३५
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन् ।
पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ को गणाना भइरहेको छ । यस उपमहानगरपालिकामा एक लाख एक हजार चारसय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरकाको मेयर र उपमेयरमा एमालेले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’