शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टोखाको मेयरमा दोहोरिए एमालेका अधिकारी, काँग्रेसकी रजनी थापा पराजित

बुधबार, ०४ जेठ २०७९, ०७ : १९
बुधबार, ०४ जेठ २०७९

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएका छ । एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । अधिकारीले निकटतम प्रतिस्पर्धी काँग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गरे । थापाको १० हजार १ सय ७७ मत आएको छ । 

नगरपालिका उपमेयरमा भने काँग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १ सय ३२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन् । 

एमालेका अधिकारी दोस्रो कार्यकालका लागि टोखाको मेयरमा निर्वाचित भएका हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा जित हासिल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप