हेटौँडामा पछि पर्न थाले राप्रपाका सिंह, मीनाले अग्रता बढाइन्
बुधबार, ०४ जेठ २०७९, ०७ : १८
हेटौँडा उपमहानगरपालिकामा राप्रपाका मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह पछि पर्न थालेका छन् । यस्तै गठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । हेटौँडाको जारी मतगणनामा राप्रपाका सिंहले पटक पटक अग्रता बढाउँदा रोचक चुनावी प्रतिस्पर्धा हुँदै आएको छ। अहिले पनि लामाले अग्रता बनाएकी हुन् ।
बुधबार बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार ३३ हजार ५७८ मत गणना हुँदा लामाले १०,४१० मत पाएकी छन् । यस्तै सिंहले ९९२२ मत पाएका छन् । यस्तै एमालेका अनन्त पौडेलले ९०२५ मत पाएका छन् । उपमेयरमा भने काँग्रेसका राजेश बानियाँले १५४५५ मत पाएका छन् । उनको पछिपछि एमालेकी सुमित्रा काफ्लेले १०५८१ मत पाएर पछ्याइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल यातायात सुरु गर्ने घोषणा
-
सरकारी र निजी सबै प्रतिष्ठानहरूले अब अनिवार्य श्रम अडिट गर्नुपर्ने
-
वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गरिने
-
लागुऔषध दुर्व्यसनको रोकथाम गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिँदै
-
घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरिने
-
बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा