झापाको कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी
झापाको कन्काई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली काँग्रेसका आशा शिवाकोटी निर्वाचित हुनुभएको छ । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भए ।
पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी काँग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत प्राप्त गरे । स्वतन्त्रबाट उम्मेदवार शेरबहादुर थापाले ५ हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत पाए ।
यसैगरी उपप्रमुखमा भने काँग्रेसका शिवाकोटी १० हजार ७१३ मत प्राप्त गरी विजय भए । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरिन् । उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरिन् । मञ्जु यसअघि नगरउपप्रमुख थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै