ad
x
समाचार

पोखरामा चलेन लौरोको जादु

person explore access_timeजेठ ४, २०७९ chat_bubble_outline0

पोखरा महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मेयर पदमा आफ्नो अग्रता कायम राखेका छन् । ३१ हजार मत गन्दा धनराजले १२ हजार ९४५ मत सहित अग्रता बनाउन सफल भएका हुन् । गठबन्धनबाटै उपप्रमुखमा उम्मेदवार रहेकी कोपिला रानाभाट​ले १३ हजार २३३ मत ल्याएकी छन् ।


उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापा र मञ्जुदेवी गुरुङ्गले क्रमश: ११ हजार १५० र १२ हजार ७२८ मत ल्याएका छन् । पोखरामा लौरो चुनाव चिन्ह लिएर उठेका उम्मेदवार भने ७३६ मतमा सीमित बनेका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।