शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको दोस्रो जित : झापाको हल्दिवारीमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित

बुधबार, ०४ जेठ २०७९, ०१ : २९
बुधबार, ०४ जेठ २०७९

झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् । 

लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी हुन् । उनले एमालेकी शान्तिदेवी गौतमलाई हराएकी हुन् । मैनालीले ५ हजार ७८ मत ल्याउँदा गौतमले ४१ सय ६ मत मात्र ल्याइन् । योसँगै राप्रपाको दोस्रो जित भएको छ । यसअघि राप्रपाले काठमाडौको शंकरापुरमा जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप