बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको विदेहमा एमालेका दास विजयी

बुधबार, ०४ जेठ २०७९, ०० : ५०
बुधबार, ०४ जेठ २०७९

धनुषाकाको विदेह नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार बेचन दास ४ हजार ४ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजिकिशोर रोहिता यादवले ३ हजार ४ सय २६ मत ल्याएका थिए ।  

त्यसैगरी, उपमेयरमा पनि एमालेका उम्मेदवार आशादेवी झा ४ हजार ६ सय ५९ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयरका उम्मेदवार सीमाकुमारी महतोले २ हजार ८ सय २७ मत ल्याएकी थिइन् । मेयरमा निर्वाचित दासअघि नेकपा माओवादी केन्द्रबाट पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर, पार्टी विभाजनको क्रममा उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप