शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहाल ७०४ मतले अगाडि

बुधबार, ०४ जेठ २०७९, ०० : ०८
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले ७०२ मतले अग्रता बढाएकी  छन् । २३ हजार ८५० मत गन्दा दाहालले ८ हजार ४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३३८ मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७९३ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ६९७ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६०३४ मत पाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप