बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा रेनुको अग्रता बढ्दै

मङ्गलबार, ०३ जेठ २०७९, २३ : ५५
मङ्गलबार, ०३ जेठ २०७९

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले निरन्तरता अग्रता कायम गरेकी छन् । २२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३२० मतले पछ्याउँदैछन् ।

मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७८६ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ६३२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६०३४ मत पाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप