बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति शर्मा र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता

मङ्गलबार, ०३ जेठ २०७९, २३ : १९
मङ्गलबार, ०३ जेठ २०७९

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा आज भएको उक्त भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्ता पश्चात् फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले सैनिक इन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर थापा तथा विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यामप्रसाद ढकालसँग भेटघाट गरेका थिए । साथै  उनीहरुले महाराजगञ्जस्थित प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमणसमेत गर्नुभएको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप