भरतपुरमा रेनुको अग्रता बढ्दै, ६०१ मतले पछिपरे विजय सुवेदी
मङ्गलबार, ०३ जेठ २०७९, २३ : १३
भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले ६०१ को अग्रता बनाएकी छन् । २२ हजार ६८६ मत गन्दा दाहालले ७ हजार ८५७ मत ल्याउदै अग्रता बढाएकी हुन् ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २५६ मतले पछ्याउँदैछन् । दाहाल र सुवेदीको मतान्तर ६०१ पुगेको छ । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७३९ मत ल्याएका छन् ।
उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ४ सय ७९ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६ हजार मत पाएकी छन् ।