शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभाको चिचिला गाउँपालिकामा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, २३ : ०६
मङ्गलबार, ०३ जेठ २०७९

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली काँग्रेस उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाएका छन् । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाएका छन् । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित भएका छन् ।

उपाध्यक्षमा काँग्रेसकै मनकला राई विजयी भएकी छन् । उपाध्यक्ष राईले एक हजार ८५४ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाएकी छन् । यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै काँग्रेसले जितेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप