मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुरमा रेनु दाहाल ५०४ मतले अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, २२ : ३६
मङ्गलबार, ०३ जेठ २०७९

चितवनको भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २२ हजार ३८७ मत गन्दा दाहालले ७ हजार ७१४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार २१० मतले पछ्याएका छन् ।

त्यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत पाएका छन् । दाहाल र सुवेदी बीचको मतान्तर ३५२ पुगेको छ । ​ उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३१६ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका हिमला गुरुङले ५ हजार ९६५ पछ्याइरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप