बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा नेकपा (सिवादी)का चारजना पक्राउ

मङ्गलबार, ०३ जेठ २०७९, २२ : ३२
मङ्गलबार, ०३ जेठ २०७९

वैशाख ३० मा बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (सिवादी)ले विष्फोटको जिम्मा लिएको थियो । सो समूह नेकपा विप्लव समूहबाट चोइटिएर बनेको संगठन रहेको खुलेको छ । 

पक्राउ पर्नेमा खोटाङ घर भएर बल्खु बस्ने बिके सिंह, करण श्रेष्ठ, राज थापा र हरिकृष्ण थापा छन् । सो समूहले ‘जनयुद्ध–२’ आह्वान गरेको पर्चा पनि घटनास्थलमा भेटिएको छ । नयाँ बानेश्वरमा सिलिन्डर बम राखेको आरोपमा केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

बिहान करिब २ बजेतिर आगो बलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले सिलिन्डरबाट ग्याँस लिक गराएर मट्टितेल छर्केको कपडामार्फत आगो लगाएर हिँडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पछि सो सिलिन्डर विष्फोट भएको थियो । 

प्रहरीले घटनामा प्रयोग गरिएको २ वटा स्कुटर, पर्चा र कम्ब्याट ड्रेस बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप