शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तिलोत्तमामा अझै सुरु हुन सकेन मतगणना

मङ्गलबार, ०३ जेठ २०७९, २२ : १३
मङ्गलबार, ०३ जेठ २०७९

रूपन्देही तिलोत्तमा नगरपालिकाको विहानैबाट रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । कर्मचारीले मत गणनाको तथ्यांक तलमाथि पारिदिएपछि सुरू भएको विवाद पटक पटक बैठक बसेर पनि टुंगोमा पुगेको छैन । निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनः मतगणना गर्न माग गरेका छन् । एमालेले उक्त मागलाई मानेको छैन ।

 तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले  कर्मचारीलाई कारवाही गर्न र पुनः मतगणना गर्न माग गरेका हुन् ।

यता एमाले नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले पुन मतगणना गर्न नसकिने  बताए । निर्वाचन अधिकृत माधव लोहनीले  मतगणना  सुरू गर्ने विषयमा छलफल भैरहेको तर कति बेलादेखि सुरू गर्ने अझै टुंगो भैनसकेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप