शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेबाट काँग्रेसले खोस्यो पुतलीबजारका मेयर–उपमेयर

मङ्गलबार, ०३ जेठ २०७९, २१ : १६
मङ्गलबार, ०३ जेठ २०७९

स्याङजाको पुतलीबजार नगरपालिकाको मेयर–उपमेयर नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका तुलसीराम रेग्मीले एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराएका हुन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।

उपमेयरमा पनि काँग्रेसकै देवी अर्याल निर्वाचित भएकी छिन् । अर्यालले एमालेका महेश पुरीलाई ९ सय ४७ मत पराजित गरेकी हुन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरेका थिए । 

अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको थियो । माओवादीको समर्थनमा काँग्रेसले एमालेबाट मेयर उपमेयर नै खोसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप