
हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ ।
विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्य–तथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न प्रेस विज्ञप्तिमार्फत भनिएको हो ।
यस्तै निर्वाचन सम्पन्न गराउन पत्रकार जगतले आफ्नो तर्फबाट निभाएको भूमिकाको प्रशंसा गर्दै काउन्सिलले सम्बद्ध पत्रकार, सञ्चार माध्यमलाई धन्यवाद दिएको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै समयमा नै तथ्याङ्क अद्यावधिक (अपडेट) नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्स’ मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्याङ्क अद्यावधिक गरी पत्रकार र सञ्चार माध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ